शुक्रबार, वैशाख १४, २०८१

पशुपतिनाथ परिसरमा अनुमतिबिनै धर्मशाला निर्माण !

बतास समूहमाथि फेरि मन्त्री आलेले छानविन गर्ने

नेपालखोज २०७८ माघ २ गते १३:५७

काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला अनुमति नलिइकनै निर्माण गरेको बताएका छन् । आईतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री आलेले यस्तो बताएका हुन् ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको जनाएका छन् ।

उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट अनुमोदन नगरेको पाइएको जनाएका छन् । पर्यटनमन्त्री आलेले भोलि (सोमबार) छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।

प्रतिक्रिया