शुक्रबार, वैशाख ७, २०८१

सरकारले भन्यो- लिपुलेक हाम्रै हो

नेपालखोज २०७८ माघ २ गते १६:२०

काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाल कै रहेको बताएको छ । आज सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग रहेकोमा स्पष्ट हुन आग्रह गरे ।

उनले मन्त्री परिषद्को निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै महाकाली नदीपूर्वका भूमि नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए । उनले भने, ‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनैपनि किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको छ ।’

नेपाल–भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान गरिनुपर्ने कार्कीले बताए । उनले ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा समस्यालाई समाधान गर्न नेपाल सरकार तयार रहेको स्पष्ट पारे ।

प्रतिक्रिया