बुधबार, वैशाख १२, २०८१

प्रदेश २ बैठक आज पनि

राजधानी र प्रदेशको नाम छिनोफानो गर्नै सकस

नेपालखोज २०७८ माघ ३ गते १०:०४

जनकपुर । प्रदेश २ मा आज (सोमबार) पनि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा छलफल हुने भएको छ ।

प्रदेशसभामा प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र कांग्रेसले राजधानीको नाम मिथिला भोजपुरा प्रस्ताव गरेका छन् ।

एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् । राजधानी जनकपुरधाम र वीरगञ्ज प्रस्ताव गरिएको छ । अहिले प्रदेश २ मा कुनै दलसँग पनि दुई तिहाइ छैन । राजधानी र नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ ।

प्रतिक्रिया