शुक्रबार, वैशाख १४, २०८१

उत्तर कोरियाको ध्यान मिसाइल परीक्षणमै, अमेरिका सशंकित

अमेरिकाले लगायो प्योङयाङ सहरमा प्रतिबन्ध

नेपालखोज २०७८ माघ ३ गते १३:०३

प्योङयाङ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो आत्मरक्षाको सार्वभौम अधिकारको विषय भएको भन्दै बचाउ गरेको छ । सन् २०२२ को जनवरीमा पछिल्लो समय चौथोपटक क्षेप्यास्त्र परीक्षण गरेसँगै उत्तरकोरियाले फेरि आत्मरक्षाका लागि मात्रै क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको हो ।

नयाँ वर्षको दिनदेखि उत्तर कोरियाले तीन अन्य परीक्षणहरू यसअघि नै गरिसकेको छ ।उत्तरकोरियाको क्षेप्यास्त्र परीक्षणको क्रम बढ्दै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बुधबारदेखि उत्तरकोरियाको प्रशिद्ध सहर प्योङयाङमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यस्तै अमेरिकाले धेरै उत्तर कोरियाली व्यक्ति र संस्थाहरूलाई कालोसूचीमा राख्न संयुक्त राष्ट्र सुरक्षा परिषद्‌सँग आह्वान गरेको छ ।

यता नियतबस आफूविरुद्ध नयाँ प्रतिबन्ध लगाएर थप समस्या सिर्जना गरेको अमेरिकालाई उत्तरकोरियाले आरोप लगाएको छ । उत्तर कोरियाले आज (सोमबार) पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाको यो परीक्षणसँगै अमेरिका पुन: एकपटक तर्सिएको छ ।

जनवरी महिनामा चौथो परीक्षण गर्दै संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आफूहरूलाई गर्ने व्यवहारप्रति संकेत गरेको उत्तर कोरियाले जनाएको छ । यस्तै नयाँ सैन्य विकासका लागि मिसाइल परीक्षण गरिएको पनि जनाएको छ ।

दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटमा अज्ञात क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ । उत्तरकोरियाले परीक्षण गरेकामध्ये दुईमा एकल हाइपरसोनिक मिसाइलहरू समावेश थिए । जुन उच्च गति र प्रक्षेपणपछि चाल चलाउन सक्षम थिए । उत्तर कोरियाले शुक्रबार मात्रै छोटो दूरीको ब्यालिस्टिक मिसाइल कार तथा रेलबाट परीक्षण गरेको थियो ।

-हिन्दुस्तान टाइम्स

प्रतिक्रिया