शुक्रबार, चैत १६, २०८०

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

नेपालखोज २०७८ माघ ३ गते १६:१०

काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकबाट प्रदेशको स्थायी राजधानी तोकिएको हो ।

आज निर्वाचनमार्फत राजधानी टुंगो लगाइएको हो । प्रदेशमा जम्मा १०४ सांसद् रहेकोमा मतदानमा ९९ जना सहभागी थिए । जनकपुरधामको पक्षमा ७८ जनाले मतदान गरे । प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए । उनीहरुले विपक्षमा मत हालेपनि दुई तिहाइले प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।

सभामुख यादवले भने, ‘प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) कायम भएको घोषणा गर्दछु ।’

प्रतिक्रिया