शनिबार, वैशाख ८, २०८१

मूल्य समायोजन नभए आगामी १५ दिनमा थप २ अर्ब २४ करोड घाटा हुने

नेपालखोज २०७८ माघ ३ गते २०:१४

काठमाडौं । नेपाल आयल निगमको सञ्चिति बचत सकिएको निगमले जनाएकाे छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले सञ्चिति बचत शून्यमा पुगेको जनाएको हो । निगमले इन्डियन आयल कर्पोरेसनलाई यही २३ जनवरीमा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ नपुग्नेसमेत जनाएकाे छ ।

निगमले इन्डियन कर्पोरेसनबाट आइतबार (जनवरी १६, २०२२) प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगरेमा आगामी १५ दिनमा निगमले थप दुई अर्ब २४ करोड घाटा हुने माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने बताएको छ । जसअनुसार मूल्य समायाेजन नभए अबको ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने पनि जनाइएकाे छ ।

No description available.

प्रतिक्रिया