बिहीबार, वैशाख १३, २०८१

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा भाेलि ‘मधेस प्रदेश’मा सार्वजनिक बिदाकाे घोषणा

नेपालखोज २०७८ माघ ३ गते २०:४७

धनुषा । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया