शुक्रबार, वैशाख १४, २०८१

आउँदै छन् शाओमी र रियलमीका दुई फोन

नेपालखोज २०७८ माघ ४ गते १२:५३

काठमाडौं । यो साता दुई नयाँ स्मार्टफोन लन्च हुँदै छन् जसमा एउटा फोन शाओमीको र अर्को फोन रियलमीको भएको बताइएको छ । यी दुवै फोन मध्यम बजेटका स्मार्टफोन हुन् ।

शाओमी-इलेभेन टी-प्रो (Xiaomi 11T Pro)

-लन्च डेट – १९ जनवरी २०२२
-सम्भावित मूल्य – ६५ हजार देखि ८० हजार रुपैयाँ

चीनको स्मार्टफोन निर्माता कम्पनी शाओमीले १२ जीबी र्यामका साथ आफ्नो नयाँ स्मार्टफोन लन्च गर्न लागेको छ । शाओमी इलेभेन टी-प्रो मा हरमन कार्डोन कम्पनीले तयार गरेको स्टिरियो स्पिकर्स दिइएको छ । यो फोनको डिस्प्लेले १२० हर्जको रिफ्रेस रेटलाई सपोर्ट गर्नेछ ।

शाओमी इलेभेन टी-प्रो ८ जीबी र्याम, १२८ जीबी स्टोरेज, ८ जीबी र्याम, २५६ जीबी स्टोरेज तथा १२ जीबी र्याम, २५६ जीबी स्टोरेज गरी तीन अप्सनमा उपलब्ध हुनेछ ।

रियलमी नाइन आई (Realme 9i)

-लन्च डेट – १८ जनवरी २०२२
-सम्भावित मूल्य – २५ हजार रुपैयाँ

रियलमीले केही दिन पहिले आफ्नो स्मार्टफोन रियलमी नाइन आईलाई भियतनाममा लन्च गरेको थियो । अब यो स्मार्टफोन दक्षिण एसियाली मुलुकमा उपलब्ध गराइँदै छ । यो फोनको लन्चिङ इभेन्ट भर्चुअल रुपले गरिँदै छ ।

रियलमी नाइन आई स्नेपड्रेगन ६८० प्रोसेसरका साथ प्रस्तुत हुँदै छ जुन प्रोसेसर यो सेगमेन्टमा पहिलोपटक दिइँदै छ । यो फोनमा ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेजको सुविधा रहनेछ ।

सम्भावित स्पेसिफिकेसन्स

डिस्प्ले
६.६ इन्च फुल एचडी प्लस, २४००x१०८० पिक्सल रिजोल्युसन, रिफ्रेस रेट ९० हर्ज ।

प्रोसेसर
स्नेपड्रेगन ६८० ।

अपरेटिङ सिस्टम
एड्रोयड ११ मा आधारित कलर ओएस ११.१ लाइट ।

ट्रिपल रियर क्यामेरा
५० एमपि (प्राइमरी) प्लस २ एमपस (माइक्रो लेन्स) प्लस २ एमपी (मोनोक्रोम लेन्स ) ।

फ्रन्ट क्यामेरा
१६ एमपी ।

ब्याट्री
५,००० एमएएच, ३३ वाटको फास्ट चार्जिङ सपोर्ट ।

कनेक्टिभिटी
डुअल वाईफाई, ब्लुटुथ भिफाइब, ३.५ एमएमको हेडफोन ज्याक, जीपीएस तथा यूएसबी टाइप-सीपोर्ट ।

प्रतिक्रिया