शुक्रबार, वैशाख ७, २०८१

टोङ्गा ज्वालामुखी विस्फोटन : सञ्चार सम्पर्क सञ्जाल टुटेका कारण क्षतिको अवस्था अझै अस्पष्ट

नेपालखोज २०७८ माघ ४ गते ८:१३

काठमाडाैं । विदेशमा बसिरहेका टोङ्गाका मानिसहरू प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटन भएपछि आएको सुनामीपछि आफ्ना प्रियजनको अवस्थाको खबर व्यग्रताका साथ कुरिरहेका छन् ।

शनिबार टोङ्गाको राजधानी नुकु’आलोफाबाट झण्डै ६५ किलोमिटर उत्तरतर्फ पानीमुनि विशाल ज्वालामुखी विस्फोटन भएको थियो ।जससँगै त्यहाँ सञ्चार सम्पर्क टुटेको थियो जसले क्षतिको वास्तविक अवस्था अझै थाहा हुन सकेको छैन ।

ज्वालामुखी विस्फोटन हुँदाको कम्पन अमेरिकासम्मै सुनिएको थियो र त्यसले टोङ्गासम्मै एक मिटरभन्दा अग्ला छालहरू निम्त्याएको थियो ।

स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै मृत्यु पुष्टि गरेका छैनन् । तर एक जना ब्रिटिश महिलाका परिवारले आफ्नो कुकुरलाई जोगाउन खोज्दा उनको छालमा परेर मृत्यु भएको जनाएको छ ।

अस्ट्रेलिया र न्यूजील्यान्डले गरेका हवाई अनुगमनले त्यहाँ उल्लेख्य क्षति पुगेको विवरण दिएका छन् । रेडक्रसले त्यहाँ स्वच्छ पानीको आपूर्ति मुख्य प्राथमिकता रहेको जनाएको छ ।

तर उसले आफूले सुरुमा चिन्ता गरेजस्तो ठूलो क्षति नभएको पाएको जनाएको छ । रेडक्रसले बताएअनुसार ज्वालामुखी विस्फोटन भएपछि ८०,००० मानिस प्रभावित भएका हुन सक्छन् । बीबीसी

प्रतिक्रिया