बुधबार, वैशाख २६, २०८१

अफगानिस्तानमा शक्तिशाली भूकम्प !

मृत्यु हुनेको संख्या २६ पुग्यो, प्रभावित क्षेत्रमा भारी वर्षा

नेपालखोज २०७८ माघ ४ गते १०:११

काबुल । अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २६ जनाको ज्यान गएको छ । ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पको असर अफगानिस्तानका साथै ताजिकिस्तान, पाकिस्तानमा पनि परेको छ । तर अन्य देशमा भूकम्पको असरको खबर सार्वजनिक भएको छैन ।

अफगानिस्तानको बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले भौतिक संरचनामा धेरै क्षति पुर्याएको छ । भौतिक संरचनाहरु भत्किएका छन् । भूकम्पले बढी क्षति भएको यो प्रान्त पहाडी भूभागमा पर्छ । अफगानिस्तानको बादघिस प्रान्तमा अधिकांश मानिस गरिबछन् । यस्तै विकासको दृष्टिकोणमा पिछडिएको क्षेत्रका रूपमा यसलाई लिइन्छ । पहिलो शक्तिशाली भूकम्पपछि दोस्रो ठूलो धक्का महसुस गरिएको थियो ।

भूकम्पले हल्लाएका कारण घरको छत खस्दा च्यापिएर धेरै मानिसको मृत्यु भएको जनाइएको छ । ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया