शुक्रबार, वैशाख ७, २०८१

सर्वाेच्चले बोलायो फुलकोर्ट बैठक

सेवा कटौतीका विषयमा निर्णय गरिने

नेपालखोज २०७८ माघ ४ गते ११:०५

काठमाडौं । सर्वोच्च अदालतले सेवा कटौतीको विषयमा छलफल गर्न आज दिउँसो फुलकोर्ट बैठक बोलाएको छ । सर्वोच्चले कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गर्नका लागि पूर्ण बैठक बोलाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा भने बैठकमा सहभागी नहुने बुझिएको छ । प्रधानन्यायाशीश जवराबाहेक अरु न्याधीशहरुले सेवा कटौतीको निर्णय गर्ने जनाइएको छ । प्रधानन्यायाधीश जबरा बैठकमा सहभागी नभए पनि पारित विषयमा हस्ताक्षर गर्ने भएका छन् ।

प्रतिक्रिया