शुक्रबार, वैशाख १४, २०८१

१० अंकले नेप्से घट्दा आठ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ माघ ४ गते १५:५७

काठमाडौं । नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन २० दशमलव ६९ अंकले बढेको नेप्से आज मंगलबार भने १० दशमलव ७८ अंकले घटेर २९ सय ३६ दशमलव ६६ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव १० अंकले बढेर पाँच सय ४७ दशमलव ४६ अंकमा पुगेको छ । दुई सय २४ कम्पनीको एक लाख १५ हजार नौ सय ५८ पटकको कारोबारमा एक करोड ६० लाख चार हजार पाँच सय ३० कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार पाँच सय ६१ रुपैयाँ ८६ पैसा पुगेको छ ।

१३ वटा समूहको कारोबार हुँदा आज चारवटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ३९ अंकले बढेर १९ सय २५ दशमलव सात अंकमा चढेकामा होटेल तथा पर्यटन, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने एक सय ३० दशमलव ७३ अंकले घटेर ५१ सय ७० दशमलव २४ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि एक सय ९८ दशमलव १६ अंकले घटेर १६ हजार चार सय १५ दशमलव २६ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७८ दशमलव ११ अंकले घटेर १३ हजार दुई सय सात अंकमा झरेकामा जलविद्युत्, फाइनान्स, लगानी, उत्पादमूलक, लघुवित्त र ट्रेडिङ समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ४९ प्रतिशतले बढेर ६ सय ४९ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मानुषी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच प्रतिशतले घटेर १५ सय ४० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ५४ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ११ लाख ३९ हजार एक सय ३१ रुपैयाँँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया