शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ को नाम अबको अधिवेशनबाट : मुख्यमन्त्री राई

नेपालखोज २०७८ माघ ४ गते १८:२९

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नाम प्रदेशसभाको हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । आज सञ्चारकर्मीसँग राईले प्रदेशको नाम संसदले टुंगो लगाउने बताए ।

सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको राईले बताएका छन् । उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए । उनले प्रदेशको नाम राख्ने जिम्मा सांसद्को रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश १ को नाम टुंगो लगाउने बताए । प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईले थप स्पष्ट पारे ।

प्रतिक्रिया