शुक्रबार, वैशाख ७, २०८१

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर ७ जनाको मृत्यु

नेपालखोज २०७८ माघ ५ गते ७:१७

खार्तुम । सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को विरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मंगलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानी खार्तुममा भेला भएका हजाराैं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो ।

प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरी सेनाले सत्ता लिएको थियो ।

प्रदर्शनकै क्रममा प्रर्दशनकारीहरुले नागरिक शासनको माग गर्दै सेना बिरुद्ध चर्को नारा लगाएका छन् । सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बाली सडक अवरुद्ध गरेका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानको सैनिक कु का बिषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ । सुडानमा गत बर्ष देखि सुरु भएको सेनाविरुद्धको प्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन् ।

प्रतिक्रिया