बिहीबार, चैत १५, २०८०

उपत्यकामा आजदेखि निषेधको नयाँ आदेश लागु

नेपालखोज २०७८ माघ ५ गते १०:१६

काठमाडौं । उपत्यकामा आज (बुधबार) देखि जिल्ला प्रशासन कार्यालयहरूले आदेश दिएका निषेधका नयाँ नियमहरू लागू हुँदैछन् । नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधका नयाँ आदेश जारी गरेका हुन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले आमसभा, जुलुस, भेला नगर्न र धेरै मानिस भेला नहुन आदेश जारी गरेका छन् ।

यसैगरी सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म रोक लगाइएको छ ।

यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् । यस्तै विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको छ ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा माघ मसान्तसम्म नित्य पूजा र प्रार्थना मात्रै गर्न पाउने जिल्ला प्रशन कार्यालयहरूको नयाँ आदेशमा उल्लेख छ । मन्दिर,चर्च, मस्जिद, गुम्बालगायतमा भीड गर्न नपाइने भएको छ ।

प्रतिक्रिया