बिहीबार, वैशाख १३, २०८१

सीडीओसहित १८ कर्मचारीलाई कोरोना भएपछि जिप्रका काठमाडौंको सेवामा कटौती

नेपालखोज २०७८ माघ ५ गते १२:५७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीमा कोरोना संक्रमण भएपछि सेवा कटौती गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई संक्रमण भएपछि सेवा कटौती गरिएको हो ।

जिल्ला प्रशासनले आजबाट सेवामा कटौती गरेको जनाएको छ । नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको बताइएको छ ।

त्यस्तै राहदानी विभागले पनि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको बताइएको छ ।

प्रतिक्रिया