शुक्रबार, वैशाख ७, २०८१

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ बढ्यो, ग्यासको यथावत्

नेपालखोज २०७८ माघ ५ गते २०:१६

काठमाडौं । फेरि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार एक सूचना जारी गर्दै पेट्रोल र डिजेल/ मट्टीतेलको मूल्य आज राति १२ बजेदेखि लागू हुनेगरि ३ रुपैयाँ बढाएको जानकारी गराएको हो ।

वृद्धि भएको मूल्यसँगै अब पेट्रोल, डिजेल/मट्टितेलको नयाँ खुद्रा मूल्य क्रमशः १३९ र १२२ पर्ने भएको छ । त्यस्तै, आन्तरिक हवाई ईन्धनमा साबिकको विक्री मूल्यमा ५ ले वृद्धि गरि प्रति लिटल १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १ सय अमेरिकी डलरले वृद्धि गरि ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

तर, निगमले एल.पी. ग्यासमा भने अत्याधिक घाटा भए पनि सो को विक्री मूल्य हाललाई यथावत रहेको जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई १५ दिनमा करिब १ अर्व ८८ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको जनाएको छ ।

प्रतिक्रिया