शुक्रबार, वैशाख ७, २०८१

सुन ताेलामा १ हजारले बढ्याे, चाँदीकाे भाउ कति ?

नेपालखोज २०७८ माघ ६ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला एक हजार रूपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९२ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेकाे छ । आज चाँदी १३ सय १५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ८५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया