सोमबार, वैशाख २४, २०८१

‘देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसविरुद्ध सजग हुनुपर्छ’

नेपालखोज २०७८ माघ ६ गते १७:२४

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापिकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताए ।

अन्तर्राष्ट्रिय रुपमा हाबि भइरहेका संस्कार, संस्कृति र चिन्तनहरुले नेपाली संस्कार र संस्कृतिहरुलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले बताए । नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिए ।

उनले देश भित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताए ।

उनले नेपाली जनताले अंगिकार गरेको सबै भाषा, संस्कुतिलाई समान रुपमा मान्यता स्थापित गर्दै संकार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

प्रतिक्रिया