मंगलबार, वैशाख २५, २०८१

जिल्ला प्रशासन कार्यालय चितवनमा अत्यावश्यक बाहेकका सेवा बन्द

नेपालखोज २०७८ माघ ६ गते २०:३९

चितवन । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागु हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएकाले उनीहरु आइसोलेसनमा रहेको जानकारी दिए । नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन् ।

प्रतिक्रिया