शनिबार, वैशाख ८, २०८१

संसारका नयाँ अर्बपति

नेपालखोज २०७८ माघ ७ गते १०:२१

अमेरिकी पत्रिका फोर्ब्सकाअनुसार २०२१ मा संसारभर चार सयभन्दा बढी नयाँ अर्बपति निस्कीएका छन् । अब संसारमा अर्बपतिहरुको संख्या २६ सयभन्दा बढी पुगेको छ । गत वर्ष अमेरिकामा मात्र सयभन्दा बढी नयाँ अर्बपति थपिए । यद्यपि सबैभन्दा बढी अर्बपति चीनबाट निस्कीए । यो वर्ष चीनमा थप १६० भन्दा बढीको सम्पत्तिले एक अर्ब डलरको आँकडा पार गर्यो । हेरौं वर्ष २०२१ थपिएका र पहिलो पटक अर्बपति क्लबमा समावेश केही व्यक्तिहरूको नाम ।

रिहाना – आफ्नो देशकै पहिलो अर्बपति
पप स्टार तथा फेसन उद्योपति रिहाना संगीत जगतकै सबैभन्दा धनी हस्ती हुन् । उनको अनुमानित सम्पत्ति १.७ अर्ब डलर पुगेको छ । रिहाना उनको देश बार्बाडोसकी पहिलो अर्बपति पनि हुन् । यही कारणले उनलाई बार्बाडोसमा राष्ट्र नायकका रुपमा सम्मानित पनि गरियो ।

मिरियम अडेलसन
२०२१ मा अर्बपति हुनेहरु मध्ये सबैभन्दा बढी धन मिरियम अडेलसनसँग छ । उनी क्यासीनो कम्पनी लास वेगस सेड्सका पूर्व अध्यक्ष दिवंगत सेल्डन अडेलसनकी पत्नी हुन् । श्रीमानको मृत्यु पछि उनले कम्पनिको आफ्नो भाग प्राप्त गरिन् जसबाट उनको कुल सम्पत्ति २७.१ अर्ब डलर भयो ।

मेलनी परकिन्स
टेक कम्पनी क्यानवाकी सह-संस्थापक अस्ट्रेलियाकी मेलनी परकिन्स ६.५ अर्ब डलर सम्पत्तिका साथ अर्बपतिहरूको सूचीमा समेल भइन् । उक्त कम्पनीका साझेदार उनका श्रीमान् क्लिफ ओबरेष्ट तथा कम्पनीका अर्का संस्थापक क्यामरन ऐडम्स पनि अर्बपति क्लबमा प्रवेश गरेका छन् ।

क्रिस्टो क्यारमान
एस्टोनियाले गत वर्ष आफ्नो देशकै पहिलो अर्बपतिका रुपमा क्रिस्टो क्यारमान र तावेत हिनरीकुसलाई प्राप्त गर्यो । उनीहरूले धन ट्रासफर गर्ने कम्पनी वाइजको स्थापना गरेका थिए । यो कम्पनीको कारोबार लन्डनको स्टक एक्सचेन्जमा समेत हुन थालेको छ ।

किरिल र गिओर्गी दोमुसिएभ
बुल्गेरियाका दोमुसिएभ दाजु-भाई पनि आफ्नो देशको पहिलो अर्बपति हुन् । उनीहरु जनावरको स्वास्थ्य सम्बन्धी उत्पादनसँग जोडिएको कम्पनी हुवेफर्माका मालिक हुन् । त्यसका अतिरिक्त उनीहरु प्रोपर्टी, शिपिङ तथा फुटबलसँग सम्बन्धित उद्योगमा पनि सम्मिलित छन् ।

पिटर ज्याक्सन
फिल्म सिरिज लर्ड अफ द रिग्सका निर्देशक पिटर ज्याक्सनले न्युजिल्यान्ड स्थित आफ्नो फिल्म निर्माण कम्पनी बिक्री गरे । त्यस बापत प्राप्त रकमले उनलाई अर्बपति बनायो ।

फाल्गुनी नायर – भारतकी नयाँ अर्बपति
भारतीय उद्योगपति तथा लाइफस्टाइल कम्पनी नाइकाकी संस्थापक फाल्गुनी नायर पनि अर्बपति क्लबमा सामेल भएकी छिन् । उनको सम्पत्ति ६.८ अर्ब डलरभन्दा बढी भएको अनुमान छ । भारतमा गएको साल २० भन्दा बढी नयाँ अर्बपति निस्कीए भने जर्मनीमा पनि त्यति नै मानिसको सम्पत्तिले अर्बको आँकडा पार गर्यो ।

प्रतिक्रिया