शुक्रबार, वैशाख १४, २०८१

‘कोपा डेल रे’ मा बार्सिलोनाको फितलो प्रदर्शन

नेपालखोज २०७८ माघ ७ गते १०:००

काठमाडौं । प्रशिद्ध फुटबल क्लब बार्सिलोनाले यसपल्ट कोपा डेल रे प्रतियोगितामा राम्रो प्रर्दशन गर्न सकेन । बार्सिलोना आज (शुक्रबार)बिहान सान मामेस बारियामा भएको खेलमा अन्तिम १६ बाटै बाहिरिएको छ ।

साविक विजेता बार्सिलोनाको टोली एथलेटिको बिल्वाओसँग ३–२ गोल अन्तरले पराजित भएसँगै अन्तिम १६ बाट धकेलिएको हो । विजेता टोली बिल्वाओका लागि इकर मुनिएनले दुई र इनिगो मार्टिनेजले एक गोलको योगदान दिए ।

बार्सिलोनाका तर्फबाट फेरान टोरेस र पेड्रीले एक÷एक गोल गरे । निर्धारित ९० मिनेटसम्म खेल्दा दुई–दुईको बराबरी भएपछि अतिरिक्त समयको खेल भएको थियो ।

प्रतिक्रिया