शनिबार, वैशाख ८, २०८१

नेप्से २९ सय ३१ अंकमा, सातामा ३७ अर्ब ८१ करोड ६० लाख रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ माघ ७ गते १२:३७

काठमाडौं । यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै उकालो लागेका छन् । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुला रहेकामा तीन कार्य दिन लगातार नेप्से बढेको थियो भने दुई कार्य दिन घटेको थियो ।

सोहीअनुरूप नेप्से यो साता २९ सय ३१ दशमलव ३४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४३ दशमलव ७४ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा यो साता दुई सय २९ कम्पनीको चार लाख ७३ हजार सात सय ७० पटकको कारोबारमा सात करोड ६५ लाख ६० हजार छ सय २७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार पाँच सय ७९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो । गत साता भने नेप्सेमा दुई सय ३९ वटा कम्पनीको चार लाख चार हजार पाँच सय ६९ पटकको कारोबारमा छ करोड ९२ लाख ९८ हजार पाँच सय ७२ कित्ता सेयर किनबेच भएका थिए । सोही आधारमा उक्त साता कुल कारोबार रकम ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार एक सय ३३ रुपैयाँमा सिमित हुन पुगेको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेकामा पहिलो, दोस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने तेस्रो र चौथो दिन नेप्से घटेको थियो । जसअनुसार पहिलो ६९ अंकले बढेर दुई हजार नौ सय २६ दशमलव ७४ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि ३३ दशमलव तीन अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ३४ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन ११ दशमलव ८१ अंकले बढेर पाँच सय ४२ दशमलव ६३ अंकमा पुग्न सफल भएकामा अन्तिम कारोबार दिन पनि चार दशमलव नौ अंकले बढेर पाँच सय ४३ दशमलव ७४ अंकमा पुग्न सफल भएको थियो ।

यो साता नेपाल बंगलादेश बैंक, नबिल बैंक, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया