शुक्रबार, चैत १६, २०८०

माओवादी केन्द्रीय कमिटी बैठक स्थगित

नेपालखोज २०७८ माघ ७ गते १२:४४


काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलि (शनिबार) का लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशनलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

माओवादी वैठक अर्को निर्णय नहुँदासम्मका लागि बस्ने छैन । यस्तै स्वास्थ्यकर्मीको सुझावको आधारमा पनि बैठक स्थगित भएको जनाइएको छ । पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी बस्ने भएको छ ।

बैठक भोलि (शनिबार) बिहान ८ः३० बजेका लागि तय गरिएको छ । उक्त बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

प्रतिक्रिया