शुक्रबार, वैशाख १४, २०८१

तीनवटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीकाे आग्रह

६ महिनामा ८२ झोलुङ्गे पुल बने, मेलम्चीको पानी यही वर्ष काठमाडौंमा आउँछ

नेपालखोज २०७८ माघ ७ गते १६:५२

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवा मेलम्ची खानेपानी निर्माण आयोजनको पुर्ननिर्माण भइरहेको बताएका छन् । उनले यसैवर्ष काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने बताए । 

यस्तै आफ्नो ६ महिने कार्यकालमा ८२ वटा झोलुङ्गे पुल निर्माण भएको पनि उनले बताए । साथै १७७ किलोमिटर सडक कालोपत्रे गर्न आफ्नो सरकार सफल भएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया