बिहीबार, चैत १५, २०८०

‘तीनवटै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध छ'(सम्बोधनको पूर्णपाठ)

नेपालखोज २०७८ माघ ७ गते १८:१७

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्ष भित्रमा तीनवटै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार अपराह्‍न राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्ष भित्रमा तीनवटै तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको भन्दै निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री देउवाले संसदमा भएका सबै राजनीतिक दलहरुसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निस्कर्षमा पुर्‍याइने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ प्रकारको भेरियन्टले नागरिकको स्वास्थ्यमा जटिल समस्या थपेको भन्दै यसको नियन्त्रण र निदानको लागि सरकारलाई आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि अनुरोध गरे ।

All Posts

उनले सरकारले संविधानको कार्यान्वयन, कानूनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन बिस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीततक दलहरूको सहमतिमा नागरकिताको समस्याको समाधान गर्ने, संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च मूल्यांकनमा राखेको बताए ।

प्रधानमन्त्री देउवाले आगामी चैत मसान्तसम्म खोप लगाउन यौग्य सबै नेपालीहरुलाई निःशुल्क खोपको पूर्ण मात्रा उपलब्ध गराउने पनि बताए । उनले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनवटै सरकारसँग समन्वय र सहकार्य बढाइएको बताए । उनले स्वास्थ्य प्रणालीमा साधन, श्रोत र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया