सोमबार, वैशाख २४, २०८१

केपी ओली र हिट्लर एकै हुन् : बाबुराम भट्टराई

नेपालखोज २०७८ माघ ८ गते ११:५६

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई नवफासीवादी बनेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री समेत रहिसकेका उनले सामाजिक सन्जालमार्फत ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व रहेको बताए ।

उनले वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने गरेको भन्दै आक्रोस व्यक्त गरे । उनले चुनावबाटै आएको हिट्लर भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तुलना गरे । उनले भने, ‘विना कारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व हुन् । नबिर्सौँ हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ?’

प्रतिक्रिया