मंगलबार, वैशाख २५, २०८१

आईपीएल मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता

नेपालखोज २०७८ माघ ८ गते १३:१९

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता भएको छ । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।

सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अस्ट्रलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्यान्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६ र वेस्टइन्डिजबाट ४१ खेलाडीले नमा दर्ता गराएका हुन् । नामिबियाबाट ५ खेलाडी र जिम्बावेबाट २ खेलाडीले नमा दर्ता गराएका छन् । त्यस्तै भुटान, नेदरल्यन्ड्स, स्कटल्यान्ड अमेरिकाबाट १–१ खेलाडीले नाम दर्ता गराएका छन् । ओमानबाट तीन खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसियट राष्ट्रमा नेपालबाट सर्वाधिक खेलाडीले नाम दर्ता गराएका हुन् । टेस्ट टोली आयरल्यान्ड, जिम्बावे, बंगलादेशभन्दा बढी नेपालबाट खेलाडीले नाम दर्ता गराएका छन् । १० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन् । दर्ता गराएको नामबाट आइपिएलमा सर्ट लिस्ट हुनेछ । सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् । यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ । १० टोली हुनेहुँदा सन्दीप लामिछानेसहित केहि नेपाली खेलाडीको सम्भावना रहन्छ ।

खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् । आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।

अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । यस्तै ९०३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भएपनि कुनै टिमले अनुबन्ध गरेन । आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।

अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् । यस्तै दुई नयाँ टिम लखनउ र अहमदाबादले तीन–तीन खेलाडी छनोट गरेका छन् । यसपटक ठूला खेलाडीहरूसमेत अक्सन पुलमा जानेछन् । डेविड वार्नर, मिचेल मार्श, कागिसो रबडा, रविचन्द्र आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, श्रेयास अयेर, इशान किसन, दिनेश कार्तिक, भुवनेश्वर कुमारजस्ता खेलाडी अक्सनमा समावेश छन् ।

प्रतिक्रिया