मंगलबार, वैशाख २५, २०८१

दिवंगत शर्माको शोकमा भोलि देशभरका अदालत बन्द (विज्ञप्तिसहित)

नेपालखोज २०७८ माघ ८ गते १४:४१

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ । आज बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै शोक मनाउन ९ गते विदा दिने निर्णय भएको जानकारी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने जानकारी गराइन्छ ।’

बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अन्त्येष्टि गरिएको छ । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए । सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्याएको उल्लेख गरेको छ ।

दिवंगत शर्माको काठमाडौंको कमलपोखरीमा जन्म भएको थियो ।

प्रतिक्रिया