मंगलबार, वैशाख २५, २०८१

सरकारका लागि राष्ट्र बैंकले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

नेपालखोज २०७८ माघ ८ गते १५:०२

काठमाडौं । सरकारका लागि नेपाल राष्ट्र बैंकले दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकका अनुसार आगामी असार मसान्तभित्रमा यो परिमाणमा ऋण उठाउन लागिएको हो ।

राष्ट्र बैंकले अल्पकालीन तथा दिर्घकालीन अवधिका ट्रेजरी बिल, बिकास ऋणपत्र, नागरिक बचतपत्र, बैदेशिक रोजगार बचतपत्र लगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ । गत आर्थिक बर्षमा पनि राष्ट्र बैंकले सरकारका लागि दुई खर्ब ५० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको थियो । यो बर्ष भने बजेटको आकार घटेसँगै आन्तरिक ऋणको अंश पनि घटेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक बर्षका लागि उठाईने कुल आन्तरिक ऋण अन्तर्गत एक खर्ब ५० करोड रुपैयाँ बराबरको टे«जरी बिल, एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बिकास ऋणपत्र, चार अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यस अन्र्तगत चालु आवको दोस्रो त्रैमासमा ६ अर्ब, तेस्रो त्रैमासमा ४४ अर्ब र चौथो त्रैमासमा ५५ अर्ब समेत गरी कुल एक खर्ब ५० करोड रुपैयाँ बराबरको टे«जरी बिल जारी हुने छ । यसैगरी बिकास ऋणपत्र अन्र्तगत भने तेस्रो त्रैमासमा ५४ अर्ब ५० करोड र चौथो त्रैमासमा ७५ अर्ब समेत गरी कुुल एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बिकास ऋणपत्र निस्काशन हुुने छ ।

पाँच बर्षे अवधिको नागरिक बचतपत्र तर्फ भने तेस्रो त्रैमासमा दुई अर्ब र चौंथो त्रैमासमा दुई अर्ब गरी कुल चार अर्ब रुपैयाँ बराबरको बचतपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र अन्र्तगत भने चालु आ.व. को चौथो त्रैमासमा ५० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया