सोमबार, वैशाख २४, २०८१

मन्त्री यादवको अभिव्यक्तिले ठोकतन्त्र र अपराधलाई प्रश्रय दिन्छ : भीम रावल

नेपालखोज २०७८ माघ ८ गते १६:०८

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले मन्त्री रेणु यादवको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत यस्ता अभिव्यक्तिले सरकारमा रहेका व्यक्तिहरूको गैरजिम्मेवार चरित्रलाई देखाइरहेको बताए ।

भौतिक पूर्वाधारमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । उनले राउतका कार्यकर्ता पनि मारिन सक्ने चेतावनी दिएकी थिइन् । यादवको अभिव्यक्तिले मनपरितन्त्र, ठोकतन्त्र र अपराधलाई प्रश्रय दिने रावलको दाबी छ ।

विभिन्न पार्टीका नेताले मन्त्री यादवलाई पदमुक्त गर्नुपर्ने बताइरहेका छन् । जनता समाजवादी पार्टीकी नेतृ यादवको राजीनामा माग चर्कोगरी उठ्न थालेको हो । सीके राउतका कार्यकर्ताले मन्त्री यादवलाई तत्काल पदबाट निकाल्न प्रधानमन्त्री ध्यानाकर्षण गराउँदै आएको । विभिन्न समयमा आफ्नै अभिव्यक्तिका कारण थुप्रै मन्त्रीको पद गएको घटना नेपाली राजनीतिमा छ ।

प्रतिक्रिया