बिहीबार, चैत १५, २०८०

बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

मन्त्री भुसालले भनिन,‘चाँडो खोजेर ल्याउनुस्’

नेपालखोज २०७८ माघ ९ गते ११:५८
फाइल तस्विर

ललितपुर । ललितपुर महानगरपालिका २७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज (आइतबार) बिहान चोरी भएको छ । स्थानीयवासीबाट मूर्ति चारी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।

आज बिहान करिब ३ देखि ४ बजेभित्र चोरी भएको हुनसक्ने अनुमान गरिएको प्रजिअ उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार नौ ताला काटेर र चार ढोका फोरेर सो मूर्ति चोरी भएको छ ।

पाँच÷छ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको भन्दै तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न मन्त्री भुसालले निर्देशन दिएकी छन् ।

उनले भनिन्, ‘यो निन्दनीय कार्यको भत्र्सना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको छु, विश्वास छ सो ऐतिहासिक तथा पूरातात्विक मूर्ति छिट्टै भेटिनेछ ।‘ प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया