बुधबार, वैशाख २६, २०८१

गठबन्धनका नेताहरू कानुन व्यवसायीहरूसँग छलफल गर्दै

नेपालखोज २०७८ माघ ९ गते १३:३०

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका पाँच दलीय सत्ता गठबन्धनका नेताहरूले कानून आज (आइतबार) कानुन व्यवसायीहरूसँग छलफल गर्दै छन् । सत्ता गठबन्धनका नेताहरूले स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन कानूनविद्सँग छलफल गने तयारी गरेका हुन् ।

कानुन व्यवसायीसँगको छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुनेछ । यता निर्वाचन आयोगले भने आगामी वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाएको छ ।

तर आगामी मंसिरमा मात्रै संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैचोटि गराउने गठबन्धनमा छलफल चलेको बुझिएको छ ।

प्रतिक्रिया