बिहीबार, वैशाख २०, २०८१

जिपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु

नेपालखोज २०७८ माघ ९ गते १३:४८

काठमाडौं । ओखलढुंगामा बोलेरोमाथि ढुंगाखस्दा ३ जनाको ज्यान गएकोे छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ मा आज डोजरले पहाड सम्याउँदा ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको हो ।

ढुंगा करिव डेढ सय मिटर माथिबाट झरेको ओखलढुंगा जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा युषक कोइराला, युनिषा कोइराला र हेम बहादुर मगर रहेको बताइएको छ । भञ्ज्याङबाट सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । ३ जना भने घाइते भएका छन् । घाइते २ जनाको काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भने ओखलढुंगा मिसन अस्पतालमै उपचार भइरहेको छ ।

गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । एक प्रहरी अधिकारी भने, ‘बाटोको अवस्था खराब भएकाले पनि दुर्घटना भएको हुनसक्छ, हामी अनुसन्धानमा नै छौं ।’

प्रतिक्रिया