मंगलबार, वैशाख २५, २०८१

राष्ट्र बैंकद्वारा क्रिप्टाे करेन्सीको कारोबार नगर्न निर्देशन

नेपालखोज २०७८ माघ ९ गते १७:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, फ्रिप्टोकरेन्सी तथा नेटर्वर्किङ मार्केटिङ अन्तर्गतकाे कारोबार तथा व्यवसाय गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार नगर्न नगराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दे भनेको छ, हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टाेकरेन्सीहरुको कारोबार प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी, क्रिप्टाेकरेन्सीहरु सँग सम्वन्धीत हाईपर फन्ड जस्ता कोषमा लगानी गर्न जोसियल, क्राउड १, सोलम्याक्स ग्लोवल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुुन आएकाले सो सम्वन्धमा यस बैंकको गंम्भिर ध्यानाकर्षण भएको छ ।

नेपालमा विदेशी विनियम वा मुद्राकोरुपमा भर्चुअल करेन्सी, व्रिmप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्र्दभमा उपयुक्त बमोजिमका गैरकानुनी बित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजीको पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे गराईएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुुने छ, राष्ट्र बैकले पत्र मार्फत भनेको छ ।

प्रतिक्रिया