मंगलबार, वैशाख २५, २०८१

राष्ट्र बैंकद्वारा पुनः ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७८ माघ ९ गते १७:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः आठ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने माघ ११ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ बैशाख १३ गते तोकिएको छ । राष्ट्र बैकका अनुसार बिक्री हुने कुल ट्रेजरी अन्तर्गत तीन अर्ब ६० करोड रुपैयाँ पुरानो नवीकरण अन्तर्गत रहेको छ भने पाँच अर्ब नयाँ रहेको छ । यसअघि यही माघ तीन गते पनि राष्ट्र बैकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया