शुक्रबार, वैशाख १४, २०८१

आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दी सेमिफाइनमा

नेपालखोज २०७८ माघ ९ गते १८:१०

काठमाडाैं । २०औं आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी अन्तिम चारमा प्रवेश गरेको हो ।

मनाङको जितमा रुपेश केसी र ओला वलीले समान एकएक गोल गरे । आजको खेल अनुसार ओला ओली म्यान अफ दि म्याचबाट पुरस्कृत भए । यस अघि मनाङले ६ पटक उपाधि जितिसकेको छ ।

अब मनाङ मर्याङ्दीले अन्तिम चारमा एपीएपफसँग प्रतिष्पर्धा गर्ने भएको छ । भोली मछिन्द्र र डिफेन्डीङ च्याम्पियन संकटा भिड्ने भएका छन् ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

प्रतिक्रिया