बुधबार, वैशाख २६, २०८१

ओस्कार अवार्ड २०२२ को सर्टलिस्ट

नेपालखोज २०७८ माघ १० गते १२:१५

लस एन्जलस । एकेडमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज (ओस्कार) ले प्रत्येक वर्ष झैं यो वर्षको पुरस्कार वितरणको तयारी अघि बढाएको छ । यसक्रममा एकेडेमीले २०२२ का लागि आएका नोमिनेसनबाट २७६ वटा चलचित्रलाई पुरस्कारका लागि सर्टलिस्टमा सूचीकृत गरेको छ । यी २७६ चलचित्र ओस्कार अवार्डका विभिन्न विधाका लागि नोमिनेट भएका हुन् जसबाट अब अन्तिम मनोनयनको सूची तयार हुनेछ ।

८ फेब्रुअरीमा अन्तिम नोमिनेसन
९४औं एकेडेमी अवार्डका लागि छानिएका यी चलचित्रहरुमाथिको मतदान आगामी बिहीबार (माघ १३ गते) अर्थात् २७ जनवरीमा सुरु हुनेछ । त्यसपछि सबै विधाको पुरस्कारका लागि अन्तिम मनोनयनमा पर्ने चलचित्रको घोषणा माघ २५ गते (८ फेब्रुअरी) का दिन गरिनेछ ।

सधैं झैं यसपटकको ओस्कार पुरस्कार वितरण समारोह पनि लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित हुनेछ । अहिलेसम्मको तालिका अनुसार ९४औं एकेडेमी अवार्ड वितरण सामारोह चैत १३ गते आइतबार अर्थात् २७ मार्चका दिन हेर्न पाइनेछ ।

घट्यो चलचित्रको संख्या
यसपटक ओस्कारका लागि तुलनात्मक रुपमा कम चलचित्रलाई सर्टलिस्ट गरिएको छ । यसपटक सर्टलिस्ट भएका २७६ चलचित्रको तुलनामा अघिल्लो वर्ष ३६६ चलचित्र सर्टलिस्टमा परेका थिए ।

प्रतिक्रिया