बिहीबार, वैशाख १३, २०८१

‘बैंक तथा वित्तीय संस्थाले राष्ट्र निर्माणमा थप योगदान गर्नुपर्छ’

नेपालखोज २०७८ माघ १० गते १८:४२

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वित्तीय व्यवस्थापन आफैंमा चुनौतीपूर्ण भएता पनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायिक रूपमा अगाडि बढिरहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सव समारोहमा उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले ग्राहकको आकांक्षाबमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्थमन्त्री शर्माले कार्यक्रममा युएसएसडी मोवाइल बैंकिङको डिस्प्ले गरी सेवा शुभारम्भ गर्दैै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहँचको विस्तार हुने बताए । उनले बैंकको ५७ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७८ भर्चुअल माध्यमबाट विमोचन समेत गरे ।

आजैबाट बैंकले अब सिमित कारोबारको लागि शाखामा जान नपर्ने गरी बैंकको मोवाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले दुई लाख रुपैंयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्र्माट क्युआर टेलर सेवाको शुभारम्भ गरेको छ । कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफूसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भईरहनुपर्ने बताए ।

उनले अहिलेको अवस्थामा जोगिएर प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिए । उनले बैंक तथा वित्तीय संस्थाले तल्लोवर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे ।बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरु उत्कृष्टरूपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४५ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । कार्यक्रममा ट्रेड यूनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशी, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका बरिष्ठ उपाध्यक्ष मिलनबाबु नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना व्यक्त गरेका थिए ।

आज भन्दा ५७ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा छन् । कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो ।

प्रतिक्रिया