शुक्रबार, वैशाख ७, २०८१

‘तपाईंलाई जे थाहा छ, त्यो निकै झिनो छ : जे थाहा छैन, त्यो अन्तहीन सम्भावना हो’

सद्गुरु २०७८ माघ ११ गते ८:३६


-आफ्नो सेरोफेरोका मानिसहरूमा तपाईंले जे सबैभन्दा उत्तम गुण देख्नुभएको छ, तिनलाई त्यही गुणबाट चिन्नुहोस् । जब तपाईं कसैलाई खराब गुणबाट चिन्नुको सट्टा तिनको सबैभन्दा उत्तम गुणबाट चिन्नुहुन्छ, तब तपाईं तिनको सर्वश्रेष्ठ गुणलाई उजागर र विकसित गर्नुहुन्छ, अनि सबैजनाबाट सबैभन्दा उत्तम प्राप्त गर्नुहुन्छ ।
-भाग्य त्यो हो, जुन तपाईं आफ्नो निम्ति रच्नुहुन्छ । जब तपाईं आफ्नो भाग्य रच्न असफल रहनुहुन्छ, तब त्यो नियति बन्छ ।
-ध्यानलिंग, यस्तो ऊर्जा रूप हो, जुन समय र स्थानको परिधिभित्र सीमित छैन । यदि कोही यसको प्रति साँच्चिकै खुला छन् भने, ती व्यक्ति जहाँसुकै भए पनि, यो उनको निम्ति उपलब्ध छ ।
-कुनै व्यक्ति वा चिजलाई आफूभित्र सकेजति गहिरो भावना उत्पन्न गरी हेर्नुहोस् । प्रेमपूर्वक पूरै ध्यान दिएर, नमस्कार मुद्रामा तीनदेखि पाँच मिनेटसम्म रहनुहोस् । तपाईंको जीवन रूपान्तरणको बाटोमा जानेछ ।
-तपाईंलाई जे थाहा छ, त्यो निकै झिनो छ । तपाईंलाई जे थाहा छैन, त्यो अन्तहीन सम्भावना हो ।
-हरेक मानिसमा कृपाको तत्त्व हुनु अत्यन्तै महत्त्वपूर्ण छ । शाम्भवी मुद्रा यस्तो प्रक्रिया हो, जुन झ्याल खोल्नु जस्तै हो, ताकि हामी कृपा ग्रहण गर्न सकौँ ।
-यदि तपाईंले आफूलाई छुट्टै अस्तित्व ठान्नुभयो भने, संघर्ष हुनु स्वाभाविक हो ।
-यस महामारीलाई फैलाउने हामी मानिसहरू नै हौँ । यदि मनुष्यका रूपमा हामी बढी सचेतन भयौं अनि हरेक व्यक्तिको जीवनमा योग भित्र्याउन सक्यौं भने, महामारी फैलिनबाट रोक्नु पूर्ण रूपमा हाम्रो हातमा छ ।
-पिता हुनुको अर्थ एक योग्य उदाहरण बन्नु हो ।
-यदि तपाईंको मनको स्तरमा अशान्ति छ, जस्तै कि असाध्यै डराउने, नराम्रो सपना देख्ने, वा तपाईंको शरीर र मन अस्थिर छ, यदि तपाईंको शरीरको सामान्य संरचना कमजोर छ, तपाईं छिटो-छिटो बिरामी परिरहनु हुन्छ अथवा विशेषगरी बच्चाहरूमा ध्यान दिने क्षमतामा कमजोरी छ भने, हरेक दिन केही मिनेटसम्म यी ध्वनिहरू उच्चारण गर्नाले विशाल रूपमा फरक पार्नेछ ।

प्रतिक्रिया