शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रियसभा निर्वाचन : मतदान भोलि, निर्वाचन आयोगले भन्यो- तयारी पूरा भयो

नेपालखोज २०७८ माघ ११ गते ९:२६

काठमाडौं । राष्ट्रियसभा निर्वाचन भोलि (बुधबार) हुँदै छ । मतदानका लागि सातै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो ।

राष्ट्रियसभामा फागुन २० देखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । सातवटा प्रदेशमा दुई हजार २५ मतदाता छन् ।

पाँच सय ३२ जना प्रदेशसभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाको उम्मेद्‌वारी परेको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रियसभा चुनावमा पनि गठबन्धन बनाएका छन् । उनीहरूले चुनावमा लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेद्‌वार अघि सारेको छ ।

प्रतिक्रिया