बुधबार, वैशाख ५, २०८१

विश्व ब्याडमिन्टन जुनियर वरीयताको सातौं स्थानमा रशिला

नेपालखोज २०७८ माघ ११ गते २०:०३

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भएकामा बधाई दिएको छ । आगामी दिनमा अझ मिहिनेतका साथ अगाडि बढ्न सफलता प्राप्त होस् भन्दै संघले शुभकामना व्यक्त गरेको छ ।

नेपाली ब्याडमिन्टन खेलाडीले एकपछि अर्को उचाइलाई छुन सफल भएकामा खुसी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघले यसबाट खेलाडीको स्तरलाई कायम राख्न र अन्य खेलाडीको स्तरलाई उकास्न थप दबाब परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा उल्लेख छ ।

विश्व ब्याडमिन्टन महासंघले हालै जारी गरेको बरियतामा नेपालका अर्का उदीयमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।

प्रतिक्रिया