शुक्रबार, चैत १६, २०८०

नेको इन्स्यारेन्सद्वारा ६ महिनामा ७० प्रतिशत दाबी भुक्तानी

नेपालखोज २०७८ माघ १२ गते २:०७

काठमाडौं । नेको इस्न्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७० प्रतिशत दाबी भुक्तानी गरेको छ । निर्जीवन बिमा बजारमा विगत २६ वर्षदेखि सेवा पुर्याँउदै आएको कम्पनीले ग्राहकहरुलाई छिटो छरितो सेवा दिने प्रतिबद्धताबमोजिम २०७८ असार मसान्तसम्ममा बाँकी दाबीहरु मध्ये चालु आवको छ महिनाको अवधिमा करिब ७० प्रतिसत दाबी भुक्तानी गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा मोटर बिमामा ३३ करोड, इन्जिनियरिङ बिमामा तीन करोड ३५ लाख, कृषि बिमामा करिब तीन करोड, सम्पत्ति बिमामा करिब १० करोड, सामुद्रिक बिमामा करित दुई करोड र विविध बिमामा सात करोड रुपैयाँसमेत गरी कुल ६० करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले समयमा दाबी भुक्तानी गरेको परिणामस्वरुप ग्राहकको विश्वास जित्न सफल भई कम्पनीको व्यवसायमा पनि गत वर्षको तुलनामा चालुु आर्थिक वर्षको छ महिनासम्ममा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी दिएको छ । त्यसैगरी कम्पनीले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव बिमा समितिमा पठाएको जानकारी पनि दिएको छ ।

प्रतिक्रिया