शुक्रबार, वैशाख २१, २०८१

आहा रारा गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदै

नेपालखोज २०७८ माघ १३ गते ७:२५

पोखरा । पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो २:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । मनाङले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो । यस्तै आर्मीले थ्री स्टार क्लबको चुनौती १-० ले पन्छाएर मनाङसँगको भेट पक्का गरेको हो ।

यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल शनिबार हुनेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया