शनिबार, जेठ ५, २०८१

नेप्सेमा करेक्सन : तीन अंकले नेप्से बढ्दा ३ अर्ब ३४ करोडको कारोबार

नेपालखोज २०७८ माघ १३ गते १५:५८

काठमाडौं । नेप्सेमा झिनो अंकले करेक्सन देखिएको छ । केही दिनयतादेखि लगातार घट्दै आएको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने तीन दशमलव ३३ अंकले बढेर २७ सय ७९ दशमलव ९८ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३८ अंकले बढेर पाँच सय १८ दशमलव ७२ अंकमा पुगेको छ । दुई सय २४ कम्पनीहरूको ५० हजार नौ सय ६५ पटकको कारोबारमा ६६ लाख ७५ हजार दुई सय ३१ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा आज ६ समूहहरूको सूचक घटेर बाँकी सात समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३३ अंकले घटेर १८ सय आठ दशमलव ३३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक दशमलव ३२ अंकले घटेर १६ हजार एक सय आठ दशमलव ३० अंकमा झरेको छ ।

विकास बैंक, ट्रेडिङ, होटेल तथा पर्यटन र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि आज घटेका छन् । जलविद्युत् समूहको सूचक भने पाँच दशमलव ३५ अंकले बढेर ३२ सय ५० दशमलव ३८ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ३२ दशमलव एक अंकले बढेर १२ हजार आठ सय ५६ दशमलव १२ अंकमा पुगेको छ । यीबाहेक फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय नौ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । एभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ८१ प्रतिशतले घटेर चार सय ५५ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय ३१ रुपैयाँ अन्तिम मूल्यमा २० करोड दुई लाख ६ सय ९७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया