बुधबार, वैशाख १९, २०८१

युरोप जोड्ने रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकाकाे चेतावनी

नेपालखोज २०७८ माघ १४ गते ७:४०

काठमाडाैं । संयुक्त राज्य अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो ।

बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए । पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ ।

रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ । तर उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएपछि तनाव चुलिएको छ र त्यसले आक्रमणको भय बढाएको छ ।

अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, म एकदमै प्रस्ट भन्न चाहन्छु; यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन ।

तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे । विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए । बीबीसी

प्रतिक्रिया