शुक्रबार, जेठ ४, २०८१

प्रधानन्याधीश राणाद्वारा न्याय सेवा आयोगको बैठक आह्वान

नेपालखोज २०७८ माघ १४ गते ९:५४

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज (शुक्रबार) न्याय सेवा आयोगको बैठक बोलाएका छन् । गत पुस ६ गते स्थगित गरिएको बैठक आज दिउँसो २ बजे बोलाएका हुन् ।

बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी सहभागी हुनेछन् ।

प्रधानन्यायाधीश राणाले बोलाएको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू कोरना संक्रमण भएकाले उपस्थित हुने सम्भावना छ ।

प्रतिक्रिया