शुक्रबार, जेठ ४, २०८१

सुनचाँदीकै मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ माघ १४ गते १०:४५

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९३ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ९० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया