शुक्रबार, जेठ ४, २०८१

केपी ओलीले नागरिकको जीवनसँग गम्भीर खेलबाड गरे : विश्वप्रकाश शर्मा

नेपालखोज २०७८ माघ १४ गते १२:०३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नु सबैको जिम्मेवारी भएको बताएका छन् । उनले आज सामाजिक सन्जालमार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कोरोना पुष्टि भएपछि घरमा बस्नु हरेक नागरिकको जिम्मेवारी भएको बताए ।

उनले आइसोलेसनमा नबस्नु गैह्र जिम्मवारीको पराकाष्ठा र अन्य मानिसको जीवनप्रति गम्भिर खेलबाड भएको बताए । उनले भने, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उल्लंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो । यहि ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु ।’

एमाले अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ हुँदा समेत सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो । उनको चर्को आलोचना सुरु भएको छ ।

प्रतिक्रिया