शुक्रबार, जेठ ४, २०८१

कमल थापाले भने- कुनै पनि बहानामा चुनाव टार्नु संविधानविपरीत हो

नेपालखोज २०७८ माघ १४ गते १३:५८

काठमाडौं । राप्रपाका नेता कमल थापाले कुनैपनि बहानामा चुनाव सार्न नहुने बताएका छन् । उनले आज सामाजिक सन्जालमार्फत संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य हुने बताए ।

उनले संविधानले तीन तहको सरकारको व्यवस्था गरेको र कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा नभएको पनि उल्लेख गरे । उनले भने, ‘संविधानमा तीनतहको सरकारको व्यवस्था छ । कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहिन हुने परिकल्पना संविधानमा छैन । यहि मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो । कुनैपनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ ।’

प्रतिक्रिया